काठमाडौं, सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण अनुसार सपोर्ट लघुवित्त १३ लाख ७७ हजार रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६९.९५ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ४५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा क्रमशः ३.९२ प्रतिशत र ६९.९६ प्रतिशतले घटेपछि खुद नाफामा असर परेको हो ।
यस्तै, सपोर्टको निक्षेप संकलन र कर्जा लगानी भने विस्तार भएको छ । रिजर्भ कोषमा पनि १०१.४४ प्रतिशत थपिएपछि ५ करोड ३६ लाख रुपैयाँ भन्दा माथि पुगेको छ । हाल यसको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा १.५२ प्रतिशतबाट बढेर ३.८८ प्रतिशत भएको छ ।
यसको प्रतिशयर आम्दानी १९ रुपैयाँ ४२ पैसाले घटेर ८ रुपैयाँ ३५ पैसामा झरेको छ । यसको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३५ पैसा छ ।
प्रतिक्रिया