२५ प्रतिशत बोनस प्रस्ताव सहित स्वरोगार लघुवित्तको साधारण सभा हुदैँ, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं , स्वरोगार लघुवित्त वित्तीय संस्थाको  वार्षिक साधारण सभा शनिबार कात्तिक २७ गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
  
अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । 

सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक ११ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको बोनस सुरक्षित गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया