सूर्योदय लघुवित्तको नाफा १५९.०७ प्रतिशतले बढेर ३ करोड माथि, प्रतिशेयर आम्दानी २७.४१ रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं, सूर्योदय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार लघुवित्तको खुद नाफा १५९.०७ प्रतिशतले बढेर ३ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी २८.९८ प्रतिशतले बढेर ७ करोड ४६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा २२१.८१ प्रतिशतले बढेर १ करोड ५२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४७ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४१ पैसाले बढेर ४९ रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया