काठमाडौं , वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १९५.२७ प्रतिशतलले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वोमीले ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा १ करोड ६६ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएपछि खुद नाफामा पनि आकर्षक वृद्धि भएको हो ।
यस्तै, सोही अवधीसम्म रिजर्भ कोषमा कम्पनीको ३५ लाख ४५ हजार २९ हजार रहेको छ । कम्पनीको चुक्तापुँजी गत आवमा २७ करोड ७८ लाख ४८ लाख रहेकोमा चालू आवको असोज मसान्तसम्ममा बढेर ४१ करोड १९ लाख ४४ हजार पुगेको छ । निक्षेप संकलन १ अर्ब ९६ करोड २५ लाख १५ हजार रहेको छ भने कर्जा लगानी ५ अर्ब २३ करोड ५२ लाख ६५ हजार रहेको छ ।
प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७७ पैसाले बढेर ४७ रुपैयाँ ७५ पैसा पुगेको छ । गत वर्षको यसै अवधिमा प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा मात्र थियो ।
प्रतिक्रिया