माछापुच्छ्रे बैंकको साधारण सभा शुक्रबार  हुदैँ, १४ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं,  माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा शुक्रबार कात्तिक २६ गते हुने भएको छ ।

कम्पनीले सभा होटल पोखरा ग्राण्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजेबाट हुनेछ ।सभाले १३.३० प्रतिशत बोनस शेयर  र ०.७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले यस माछापुच्छ्रे  बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न तथा बैदेशिक रणनितीक साझेदारीका लागि आवश्यक देखिएमा जस्ता आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ७ गते बन्द भइसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया