गायक अमात्यको १२ बिगाहा जग्गा सुरक्षित, कुमारी बैंकका दुई कर्मचारीको १९ करोडको जग्गा धितोमा

४ बर्ष अगाडि

काठमाडौं - गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा  सुरक्षित रहेको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले जनाएको छ । 

सीआईबीका अनुसार नक्कली कागजात राखेर पैसा निकाल्ने कुमारी बैंकका दुई कर्मचारीको १९ करोड बराबर जग्गा धितोमा राखेर अमात्यको जग्गा सुरक्षित बनाइएको छ ।

बैंकले ठगी गर्ने कर्मचारी मुक्तिनाथ गौतम र एसकुमार महर्जनको जग्गाजमिन राखेर अमात्यको जग्गा सुरक्षित गरिसकेको बताइएको छ । १९ करोड ठगी धन्दा गर्ने कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, गौतम र महर्जनलाई पक्राउ गरेर हाल अनुसन्धान गरिरहेको छ ।

गायक अमात्यले आफ्नो कीर्ते गरिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएपछि सीआईबीले ठगी गर्नेहरुलाई पक्राउ गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया