ताप्लेजुङ - ताप्लेजुङका निर्माण व्यवसायी दीपेन पोमूको कोठामा चोरी भएको छ । फुङ्लिङको तोक्मे क्षेत्रमा भाडामा कोठा लिएर बस्दै आएका पोमूको कोठाबाट ४ लाख रुपैंया नगद हराएको हो ।
हजार रुपैंया दरको ६ लाख रुपैंया मध्ये ४ लाख रुपैंया चोरी भएको पोमूले बताए । २ लाख रुपैंया भने कोठामै रहेको उनले बताए । आफु राति अबेर कोठा फर्कदा कोठा खोलिएको र कोठामा राखिएको ६ लाख मध्ये २ लाख रुपैंया मात्र भइ ४ लाख रुपैंया चोरी भएको अवस्थामा भेटिएको उनले जानकारी दिए ।
सुन, गरगहना लगायतका सामग्री भने कोठामै रहेको समेत उनले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बाल नरसिंह राणाले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।
प्रतिक्रिया