काठमाडौं - तरलताको अभाव टार्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले भोलि उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो मंसिर ९ गते परिपक्क हुनेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भोलि दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।
रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् ।
यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।
प्रतिक्रिया