सिभिल लघुवित्तको कात्तिक २८ गते साधारण सभा हुदैं, २० प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, सिभिल लघुवित्त वित्तीय संस्थाको कात्तिक २८ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यसआधारमा यसले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, कम्पनीले करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
 
सभा गर्न सिभिलले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांशको हकदार हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया