काठमाडौं - विभिन्न दुई ओटा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था
युनिक नेपाल लघुवित्तको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९३ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा ८२ लाख २० हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा पनि वृद्धि र ४ करोड ८८ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको चुक्तापूँजी ९ करोड ६८ लाख रहेको छ भने जगेडामा रू। २१ करोड ८१ लाख सञ्चित रहेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, २ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था
धौलागिरी लघुवित्तले ५० लाख ८० हजार खराब कर्जा उठाएको छ । त्यसैगरी खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको नाफा पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ४३ गुणा वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा ५ लाख ३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा ९७ लाख ७५ हजार नाफा कमाएको छ । त्यसैगरी, चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको छ ।
कम्पनीको चुक्तापूँजी ७ करोड रहेको छ भने जगेडामा ९ करोड ५६ लाख सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ६१ करोड ३ लाख सापटि लिएर ५७ करोड ५९ लाख ४० हजार निक्षेप संकलन गरेर १ अर्ब ३८ करोड ८० लाख कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया