काठमाडौं - बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेश्रो वार्षिक साधारण सभा होटल एलफ्ट, ठमेल, काठमाडौँमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५५ लाख रूपैयाँ बराबरको ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया