बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको ११.११ योजनामा ३५०० सम्मको छुट

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउनेछन् । 

पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक ग्राहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु.३,५०० सम्मको विशेष छुटको योजना ल्याएको हो । 

जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहक ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् । 

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १५% वा अधिकतम रु. ३,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५% वा अधिकतम रु.३,५०० सम्म छुट पाउनेछन्  । 

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,५०० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया