काठमाडौं - आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.३० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.४८ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ५।५३ प्रतिशत मात्र बढेको छ । सम्भावित जोखिमबापतको व्यवस्थामा २६ लाख ८६ हजार रुपैयाँ छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा वृद्धिदर घटेको हो ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २६ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३७ रुपैयाँ ३८ पैसा पुगेको छ ।
प्रतिक्रिया