अत्यधिक कर्जा विस्तार हुँदा समस्या आयो : गभर्नर

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले निक्षेपको स्रोतको ख्यालै नगरिकन अत्यधिक कर्जा लगानी गर्दा समस्या आएको बताएका छन् । 

नेपाल बैंकर्स एसोसिएनले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने–‘अत्यधिक कर्जा मागले बैंकको तरलतामा चाप परेको छ । बैंकहरुले संयमित भएर लगानी गर्नुपर्छ । घाँटी हेरेर मात्रै हाड निल्ने गर्नुपर्छ ।’

चालु आर्थिक वर्षको शुरुमै ३२ प्रतिशतले कर्जा विस्तार भएको छ तर यही समयमा नेपाल भित्रिने रेमिट्यान्स रकम नबढेको एवम् पुँजीगत खर्च समेत कम भएकाले समेत तरलतामा थप असर परेको उनले बताए । एकदमै चाँडो नाफा खोज्ने र प्रणालीमा भएको लुपहोल नखोज्न समेत गभर्नर अधिकारीले बैंकहरुलाई सचेत गराए । 

चालु आवको शुरुवातसँगै सीडी रेसियो ९० प्रतिशत भन्दा तल राख्नुपर्ने व्यवस्था लागू भएपछि बैंंकहरुले विदेशी निक्षेपलाई एक अर्को बैकमा निक्षेपको रुपमा देखाएर सीडी रेसियोलाई ९० मा झारेको प्रसंगलाई जोडेर गभर्नर अधिकारीले लुपहोलको खोजी नगर्न आग्रह गरेका हुन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया