आइएमईको वर्ल्ड भ्रमण विथ साइग्रेस शुरू, विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा प्रस्तुत गरिने

४ बर्ष अगाडि

काठमाडौं - आइएमईले वर्ल्ड भ्रमण विथ साइग्रेसको आयोजना गरेको छ । नेपालका सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कार्तिक २३ देखि मङ्सिर १७ सम्म कार्यक्रमको आयोजना गरिएको आइएमईले जनाएको छ । 

वर्ल्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नेछन् । 

कार्यक्रमको टिकेटिङ पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी  रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया