काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।
यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा रु.३ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा रु.३ हजार ५०० सम्म छुट पाउनेछन्।
प्रतिक्रिया