काठमाडौं, धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ९७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १८४३.३३प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५ लाख ३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २९.०५ प्रतिशत ले बढेर २ करोड ३४ लाख पुगेको छ । गत वर्ष यस कम्पनीले १ करोड ८१ लाख कमाएको थियो ।
कम्पनीले सञ्चालन नाफा पनि ११४०.७८ प्रतिशतले बढेर १ करोड ४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ८ लाख ४१ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको थियो । असोज मसान्तसम्म ५७ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ करोड ५६ लाख रहेको छ । गत वर्ष ७.४८ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर २.८७ प्रतिशत मा आएको छ ।
प्रतिक्रिया