उपकार लघुवित्तको नाफा  ८१ प्रतिशतले घट्यो, सञ्चालन नाफा हुदाँ ब्याज आम्दानी पनि गिरावट

४ बर्ष अगाडि

काठमाडौं, उपकार लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड २६ लाख ७७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४१ लाख ३५ हजारमा झरेको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ४३ लाख ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा घट्न पुगेको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू.४ करोड ९ लाख ३८ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ भने जगेडामा रू. १३ करोड १३ लाख ९१ हजार सञ्चित गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया