काठमाडौं, सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
प्रतिक्रिया