खुद ब्याज आम्दानी १२९ प्रतिशतले बढ्दा स्वरोजगार लघुवित्त नाफा साढे ४ करोड माथि,प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ४ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिको तुलनामा ३९.११ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत ६ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थालाई १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा १२९.१० प्रतिशतले बढेको छ। गत वर्ष ४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १० करोड ३५ लाख रुपैयाँ भएको छ।

संस्थाले ३ अर्ब २ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष संस्थाले १ अर्ब ६१ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १००.४० प्रतिशतले बढेर २५ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १२ करोड ९१ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४१ करोड १२ लाख रुपैयाँ रहेको संस्थाको प्रतिशयर आम्दानी ४६.७५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात ३३.२६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १६२.९१ रुपैयाँ रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया