काठमाडौं, मिथिला लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २६.३१ प्रतिशतले बढेर १ करोड ९९ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेर ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा ९.९० प्रतिशतले बढेर २ करोड ३७ लाख १८ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ०३ पैसा छ ।
प्रतिक्रिया