मेरो माइक्रोफाइनान्सको नाफा १३ करोड नजिक, प्रतिशेयर आम्दानी रु.३६.३० हुदाँ अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं,  मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

विवरण अनुसार कम्पनीको नाफा चालु आवको असोज मसान्तसम्ममा २९७.९८ प्रतिशतले बढेर १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २३ लाख १५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी १४०.९४ प्रतिशतले बढेर २७ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २८ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यता, गत वर्ष १ करोड ७ लाख ७८ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १६ करोड १७ लाख ८८ हजार रुपैयाँ पुगेको छ । 

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३० पैसाले बढेर ५१ रुपैयाँ ४२ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १२ पैसा थियो । प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५८ पैसा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया