कामना सेवा विकास बैंकको साधारण सभा आज, १८.५० प्रतिशत बोनस प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, कामना सेवा विकास बैंकको साधारण सभा आज मंगलबार बस्दैछ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
 
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते बुक क्लोज गरेको छ । कात्तिक ९ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया