काठमाडौं, प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया