आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मि(pick me) बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मि का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात पिक मि का चालक र पिक मि प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मि का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मि का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मि ग्राहकले ride sharing, food delivery, logistic support, martride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप Pk Playstore र App Store बाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराए ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तले पिक मि का चालक र ग्राहकहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मि का अध्यक्ष लगायत पिक मि टिमलाई धन्यवाद दिदैँ पिक मि प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे ।
प्रतिक्रिया