२५ प्रतिशत बोनस प्रस्ताव सहित स्वरोगार लघुवित्तको साधारण सभा हुदैँ, कहिले र कहाँ ?

४ बर्ष अगाडि

काठमाडौ, स्वरोगार लघुवित्त वित्तीय संस्थाले कात्तिक २७ गते वार्षिक साधारण सभा गर्ने हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
  
सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक ११ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको बोनस सुरक्षित गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया