घलेम्दी हाइड्रोपावर २ करोड माथि नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि रू. ३.९४ ऋणात्मक

४ बर्ष अगाडि

काठमाडौं, घलेम्दी हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । 

विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवको पहिलो त्रैमासमा रू.३ करोड २ लाख ६४ हजार नोक्सानी व्यहोरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा नोक्सानी घटेर रू. २ करोड १७ लाख ३९ हजारमा झरेको हो । 

कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू. १ करोड ८० लाख ३० हजार आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमासमा यो आम्दानी रू. ६८ लाख २६ हजार थियो । 

कम्पनीको चुक्तापूँजी रू. ५५ करोड रहेको छ । जगेडा कोष भने रू. ६ करोड ७४ लाख ५८ हजार ऋणात्मक रहेको छ । त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३.९४ ऋणात्मक रहेको छ ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८७.७३ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया