कामना सेवा विकास बैंकको साधारण सभा भोलि हुदैँ, १८.५० प्रतिशत बोनस प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं,  कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारण सभा भोलि (मंगलबार) हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
 
यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
 
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते बुक क्लोज गरेको छ । कात्तिक ९ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया