वोमी र सूर्योदय लघुवित्तले राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पायो

४ बर्ष अगाडि

काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।

राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेको हो । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । 

बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम भदौ १६ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाको कारोबार रोक्का रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया