काठमाडौं, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
गत वर्षको नाफाबाट यसले ५.४१प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साधारण सभा मंसिर ५ गते बस्दैछ । संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । सभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि, धरान उपमहानगरपालिका वडा नं १३ मा बस्दैछ ।
प्रतिक्रिया