प्रतिशेयर आम्दानी १०.७२ रुपैयाँ रहेको पाँचथर पावरको नाफा ४४.६५ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.३९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको अन्य स्रोतको आम्दानी पनि बढेर १२ लाख ६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४ लाख २७ हजार रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भ ६ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १०.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०६.०३ रुपैयाँ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया