गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कार्तिक २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको छैठौँ वार्षिक साधारण सभा मंसिर १० गते,  कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ ।  

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५०५ बोनस सेयर  र कर प्रयोजनको लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया