आशा लघुवित्तको २५ प्रतिशत बोनस प्रस्ताव सहित साधारण सभा कात्तिक २७ गते हुदैँ, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, आशा लघुवित्तको साधारण सभा कात्तिक २७ गते शनिबार बस्ने भएको छ । सभा फल एन्ड ट्राउट भिलेज होटल, ककनी नुवाकोटमा बिहान १० बजेबाट सुरु हुनेछ । 

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । सभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि आशाले कात्तिक १४ मा बुक क्लोज गरेको छ ।  त्यसभन्दा सेयर खरिद गरेका सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया