लुम्बिनी विकास बैंकको नाफा २१ करोड माथि, प्रतिशेयर आम्दानी २९.३४ रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं,  लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

वित्तिय विवरण अनुसार बैंकको नाफा चालु आवको असोजसम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ९०.८० प्रतिशतले बढेर २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी ३३.७ प्रतिशतले बढेर ३३ करोड ३६ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ८३.४० प्रतिशतले बढेर २९ करोड २७ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकको सञ्चालन नाफा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ५१ करोड १ लाख ५६ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर २९ रुपैयाँ ३४ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ०५ पैसा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया