काठमाडौं - नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरी बिल भोलि दिउँसो २ बजे बोलकबोल भएर मंगलबार बिक्री हुनेछ ।
प्रतिक्रिया