काठमाडौं, माछापुच्छ्रे बैंकले कात्तिक २६ गते वार्षिक साधारण सभा डाकेको छ ।
सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गरेको छ । कात्तिक ६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
प्रतिक्रिया