आरएसडीसी लघुवित्तको बुक क्लोज कात्तिक ३० गते, कहिले हुदैँछ साधारण सभा ?

४ बर्ष अगाडि

काठमाडौं, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । सभा गर्न कात्तिक ३० गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, कात्तिक २९ गतेसम्म कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साधारण सभा मंसिर १० गते हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया