काठमाडौं, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकको चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा आकर्षक प्रगति गरेको छ । यसअवधिमा बैंकको खुद नाफा ४१०.३० प्रतिशतले बढेर १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ८८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी ३८.७१ प्रतिशतले बढेर ३७ करोड ९७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २७ करोड ३७ लाख ७७ हजार रुपैयाा खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ४१९.९४ प्रतिशतले बढेर २१ करोड ५ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
वितरणयोग्य नाफा ४३ करोड २८ लाख ८६ हजार रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४६ पैसाले बढेर १७ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३८ पैसा छ ।
प्रतिक्रिया