गरिमा विकास बैंकको नाफा साढे १८ करोड नजिक, प्रतिशेयर आम्दानी १०.४ रुपैयाँ

४ बर्ष अगाडि

काठमडौं - गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

बैंकको चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १२७.०५ प्रतिशतले बढेको हो । 

यस्तै, समीक्षा अवधीसम्म खुद ब्याज आम्दानी ५१.५८ प्रतिशतले मात्र बढेपनि सञ्चालन नाफा १२६.९५ प्रतिशतले सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । 
 
यता, पहिलो त्रैमाससम्म आइपुग्दा गरिमाको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४ पैसाले बढेर वार्षिक २० रुपैयाँ ७ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ । बैंकको रिजर्भ कोष पनि ५१.२७ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ नाघेको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गरेर कात्तिक २८ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया