काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खराब कर्जा घटेको छ। बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको खराब कर्जा गत वर्षको सोही अवधिको तुलनामा औषतमा ०.४४ प्रतिशत विन्दुले घटेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासका बैंकहरुको खराब कर्जा औषतमा १.६१ प्रतिशत थियो जुन चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १.१७ प्रतिशतमा झरेको छ ।
असोज मशान्तसम्ममा २८ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकको निष्कृय कर्जा सबैभन्दा धेरै ३.०१ प्रतिशत रहेको छ । यो अघिल्ले वर्षको तुलनामा १ प्रतिशत विन्दुले घटेको हो ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैकको पनि निष्कृय कर्जा २.२७ प्रतिशत रहेको छ भने कृषि विकास बैंकको २.०८ प्रतिशत र नेपाल बैंकको २ प्रतिशत रहेको छ । तथ्याँक अनुसार ११ बैकको निष्कृय कर्जा औषतभन्दा माथि रहेको छ ।
बैंकहरुले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार १४ बेंकले भने खराब कर्जा १ प्रतिशतभन्दा तल झारेका छन् ।
प्रतिक्रिया