चार जीवन बीमा कम्पनीले लाभांश वितरण गर्ने, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - हालसम्म विभिन्न चार जीवन बीमा कम्पनीहरुले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सूर्या लाइफ, प्राइम लाइफ,  ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्स
चार जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी लाभांश प्राइम लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको छ । प्राइमले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । त्यसमध्ये १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १३.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १२.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद ९कर सहित० गरी सो बराबरको लाभांश प्रस्ताव गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । चारवटै कम्पनीहरुको लाभांश बीमा समितिको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया