काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ।
बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगन्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।
प्रतिक्रिया