एनसीसी बैंकको खुद नाफा ५२ करोड नजिक, प्रतिशेयर आम्दानी रु.२०.९

४ बर्ष अगाडि

काठमाडौं, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  विवरण अनुसार बैकले आर्थिक वर्षको असोज मसान्तसम्ममा ५१ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४.८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३१ प्रतिशतले बढेर ९३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको नेट फि तथा कमिशन आम्दानी ४२.७९ प्रतिशत र सञ्चालन मुनाफा पनि ५७.६९ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३७ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले यस अवधिमा एक खर्ब १५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको निक्षेप ७.८८ प्रतिशत र कर्जा १५.४७ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७८ पैसाले बढेर २० रुपैयाँ ९ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.९८ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया