काठमाडौं, जानकी फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८९ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा रू. ९६ लाख ६४ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको छ ।
सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत र खुद ब्याज आम्दानी २३ प्रतिशत वृद्धि भएको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.१९ करोड ४९ लाख ७१ हजार र रिटेण्ड अर्निङमा रू. १९ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६.४४ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १८.६२ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ६० करोड ४ लाख रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ९१ गुणा,तरलता अनुपात २५.९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४.५२ रहेको छ ।
प्रतिक्रिया