रैराङ हाइड्रोपावरको साधारण सभा आज हुदैँ, के के छन् एजेन्डा ?

४ बर्ष अगाडि

काठमाडौं, रैराङ हाइड्रोपावर कम्पनीको आज बुधबार वार्षिक साधारण सभा बस्दैछ ।  सभा होटेल ल्यान्डमार्क दरबारमार्ग काठमाडौंमा जुम माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गाभिने विशेष प्रस्ताव पेश हुनेछ । 

यस्तै, गत आर्थिक वर्षको नाफाबाट १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 
सभा प्रयोजनका लागि रैराङले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ । कात्तिक ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने नगद लाभांश हात पार्न सक्नेछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया