काठमाडौं, नबिल इन्भेष्टमेन्ट बैंकिङको १२ औं वार्षिक साधारण सभा आज कात्तिक १७ गते हुने भएको छ ।
सभामा कम्पनीले ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नबिलले ७ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । यस्तै, नगद लाभांशमा नबिलले ३६ लाख ८४ हजार २१० रुपैयाँ खर्च गर्नेछ ।
कम्पनीको सभा कक्ष, नक्साल काठमाडौमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ ।
प्रतिक्रिया