शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, २९ प्रतिशत लाभांश प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं, नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारण सभा हिजो मंगलबार कार्तिक १६ गते कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भुर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितीमा सम्पन्न भएको छ । 

उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (कर सहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

यस्तै, कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८/०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।  

कम्पनीले बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभांश वतरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगरेको भए अद्यावधिक गरी नगद लाभांश प्राप्त गर्ने पनि आग्रह गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया