काठमाडौं, कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको मुनाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा २०.१९ प्रतिशतले बढेको छ। गत वर्ष ६ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ६३ लाख रुपैयाँमा सीमित बनेको छ।
संस्थाले १ अर्ब ५४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष संस्थाले १ अर्ब २२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ३०.७८ प्रतिशतले बढेर १९ करोड ३४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १४ करोड ७८ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी २७ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी ६९.२० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात १७.५० गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १६९.६८ रुपैयाँ रहेको छ।
प्रतिक्रिया