लाभांश प्रस्ताव सहित फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा डाकेको छ ।

लघुवित्त सञ्चालक समितिको कार्तिक १३ गते बसेको बैठकले मंसिर १६ गते बिहान ११ बजे, आम्रपाली व्याङ्केट, भाटभाटेनी काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात ८ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले मंसिर ५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर २ गते सम्म कायम शेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया