मुद्दती निक्षेपमा २२ करोड ५९ लाख लगानी गर्दै राष्ट्र बैंक

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंक लिमिटेडले २२ करोड ५९ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल मंसिर १ गतेदेखि २०७९ साल मंसिर १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ । 

बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा १८ करोड ९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा एक करोड १२ लाख रुपैयाँ गरी कूल २२ करोड ५९ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले कार्तिक २२ गते दिउँसो २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया